कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी

हिमाल प्रेस १६ चैत २०७९ ११:४२ | Thursday, March 30, 2023
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक जारी नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीहरू। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। बैठक आज बिहान कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा बैठक बसिरहेको हो।

आजको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ। बैठकमा उपनिर्वाचनका उम्मेदवार पनि तय हुनेछ।

वैशाख १० मा तीन निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ। जसमध्ये दुई ठाउँमा कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ।

बैठकमा पार्टी सभापति शेरबहदुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनबहादुर गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका पार्टीका नेताहरुको सहभागिता रहेको छ।

प्रकाशित: १६ चैत २०७९ ११:४२ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast