कांग्रेसले आदर्शको राजनीति भुल्दै गएको छ : प्रकाशमान सिंह

हिमाल प्रेस १३ चैत २०७९ ११:०८ | Monday, March 27, 2023
कांग्रेसले आदर्शको राजनीति भुल्दै गएको छ : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन्।

सोमबार काठमाडौँमा पूर्वमन्त्री स्व. नवीन्द्रराज जोशीको सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्थापक नेताहरूको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको टिप्पणी गरेका हुन्।

‘२०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरूले दिएको हामीले पाएका छौँ। तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रूपान्तरण भएको छ,’ उनले भने, ‘हाम्रा आदरणीय संस्थापक नेताहरूले देखाएको बाटोमा कतिको हामीले ध्यान दिन सकेका छौँ, त्यसमा हामी सबैले मनन गर्दा राम्रो हुन्छ।’

कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नवीन्द्रराज जोशीसँग मिलेर काठमाडौँमा संगठन विस्तारलगायतका काम गरेको स्मरण गरे।

प्रकाशित: १३ चैत २०७९ ११:०८ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast