कर्मचारीको भत्ता काट्ने विधेयक पारित गर्न लाग्दा इहटरी नगरसभामा असन्तुष्टि

हिमाल प्रेस ४ चैत २०७९ ७:४२ | Saturday, March 18, 2023
कर्मचारीको भत्ता काट्ने विधेयक पारित गर्न लाग्दा इहटरी नगरसभामा असन्तुष्टि

इटहरी- कर्मचारीको मासिक भत्ता काट्ने विधेयक पारित गर्ने भएपछि इटहरी उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगरसभा बहिष्कार गरेका छन्। जारी १२ औँ नगरसभा शुक्रबार साँझ एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि अनिश्चितकालका लागि स्थगित भएको हो।

नगरसभामा ५ वटा विधेयक पारित गर्ने कार्यसूची थियो। ती विधेयकमध्ये कर्मचारीले मासिक रूपमा पाउँदै आएको कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने सम्बन्धी विधेयक पारित गर्ने कार्यसूचीलाई लिएर नगरसभा बहिष्कार गरेको बताइएको छ।

प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १५ लिटर इन्धन सुविधा कटौतीको निर्णय गत २६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ कार्यपालिका बैठकले निणर्य गरेको थियो।

‘हामी नगरसभा सदस्यहरू इटहरीको पक्षमा थियौं, तर बाहिरी हस्तक्षेपले नगरसभा बहिष्कार गर्‍यो,’ मेयर पौडेलले भने, ‘एमाले तर्फका नगर सदस्यलाई कारबाही गर्ने चेतावनी दिने यसअघिका जनप्रतिनिधिका कारण आज यो घटना भयो, यो इटहरीका लागि दुःखको कुरा हो।’

तोकिएको समयमा मेयरसहित नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू हलभित्र प्रवेश गरेपनि एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू नआएपछि नगरसभा अनिश्चितकालका लागि स्थगित गर्नुपरेको पौडेलले बताए।

‘एमालेबाट निर्वाचित र मसहित नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुने साथीहरूले जनमत नै पाउनुभएको हो,’ मेयर पौडेलले भने, ‘तर साथीहरूको दम्भका कारण जनमतको कदर हुन सकेन।’

प्रकाशित: ४ चैत २०७९ ७:४२ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast