काठमाडौँ- दमकस्थित कदम थिएटरमा ‘लङ टाइम नो सि’ नाटक मञ्चन हुने भएको छ। लेखक नयनराज पाण्डेको कथा ‘महानगर’मा आधारित नाटकका निर्देशक दीपक खरेल हुन्।
आगामी फागुन २९ गतेदेखि सुरु हुने नाटकमा रश्मी उप्रेती, नविन रिजाल, पासाङ चोमु शेर्पा (खुसी)लगायत कलाकार छन्। नाटक चैत ६ गतेसम्म चल्नेछ। हरेक दिन २ बजे र बेलुका सवा ५ बजे नाटक मञ्चन हुनेछ।
प्रकाशित: २१ फागुन २०७९ १४:४१ | Sunday, March 5, 2023
प्रतिक्रिया




