कञ्‍चनपुरको रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी

हिमाल प्रेस ५ चैत २०७९ १५:५५ | Sunday, March 19, 2023
कञ्‍चनपुरको रामपुर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी

धनगढी– कञ्चनपुरको बेलौरीस्थित रामपुर बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्यानल विजय भएको छ।

आइतबार भएको स्ववियु निर्वाचनको मतदानमा १५ मतसहित अखिल क्रान्तिकारीकी सरस्वती तिरुवा सभापतिमा विजय भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार धानिराम चौधरीले ५ मत पाए। यस्तै नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी विमला रेग्मीले ४ मत प्राप्त गरिन्।

३१ जना विद्यार्थी मतदाता रहेको सो क्याम्पसमा २५ मत खसेको र १ मत बदर भएको छ।

प्रकाशित: ५ चैत २०७९ १५:५५ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast