कक्रोज र मुन्नीको ‘टिकुली ट्याक’ सार्वजनिक

हिमाल प्रेस ३० फागुन २०७९ १७:५८ | Tuesday, March 14, 2023
कक्रोज र मुन्नीको ‘टिकुली ट्याक’ सार्वजनिक

काठमाडौँ- कलाकार हरिश निरौला (कक्रोज) र प्रियना आचार्य (मुन्नी) अभिनित ‘टिकुली ट्याक’ गीतको भिडियो सार्वजनिक भएको छ। यो गीत सन् १९९० तिर गायक नवीनकिशोर राईको शब्द, संगीत र आवाजमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो।

उक्त गीतलाई भिडियोसहित रमेश प्रसाईंको स्वरमा पुनः रेकर्ड गरिएको छ। प्रसाईंले यसअघि गाएका ‘रिङकीबुङ्को राँगोलाई’ बोलको गीत निकै चर्चित छ। त्यसलाई निर्देशक दीपक आचार्य (काकु)ले नयाँ शैलीमा ल्याएका हुन्। उनकै निर्देशन र निर्माणमा गीत तयार भएको छ।

विपिन आचार्यको संगीत संयोजन रहेको गीतलाई पवन सुस्लिङले सम्पादन र छायांकन गरेका छन्। भिडियोमा कक्रोज र मुन्नीसहित पुष्पराज ओझा र तुलसी घिमिरेको पनि अभिनय छ।

गीतको भिडियोले परम्परागत मौलिक पहिचानलाई उजागर गरेको छ। गीत सोमबार ‘द प्रिमियर प्रोडक्सन’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रकाशित: ३० फागुन २०७९ १७:५८ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast