ओली र मुख्यमन्त्री गिरीबीच लुम्बिनीमा भेट

हिमाल प्रेस ११ चैत २०७९ १७:२९ | Saturday, March 25, 2023
ओली र मुख्यमन्त्री गिरीबीच लुम्बिनीमा भेट

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीबीच शनिबार भेटवार्ता भएको छ। लुम्बिनी भ्रमणका गएका ओली र प्रदेशका मुख्यमन्त्री गिरीबीच शनिबार भेटवार्ता भएको हो।

लुम्बिनी पुगेका पूर्वप्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भक्षु मैत्तय, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईलगायतले स्वागत गरे। ओलीले लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गर्दै पूजा गरे। मायदेवि मन्दिरसँगै अशोक स्तम्भ, पुस्करणी पोखरी शान्ति दीपकोसमेत भ्रमण गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।

उनले लुम्बिनीको गुरुयोजना, कोषका पछिल्ला गतिविधिबारे जानकारी गरााए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफैंले शिलान्यास गरेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको निरीक्षण गरे। उक्त अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीसँग ओलीले प्रदेशको राजनीतिबारे कुराकानी गरेको बताइएको छ।

प्रकाशित: ११ चैत २०७९ १७:२९ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast