ओलीलक्षित नेपालको कटाक्ष- गल्ती नस्वीकार्नेसँग एकता असम्भव

हिमाल प्रेस ४ चैत २०७९ १९:०० | Saturday, March 18, 2023
ओलीलक्षित नेपालको कटाक्ष- गल्ती नस्वीकार्नेसँग एकता असम्भव नेकपा(एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन्।

सिन्धुपाल्चोक मेलम्चीमा शनिबार (आज) आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्ने उनको भनाइ छ।

‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन,’ उनले भने,’देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो। संविधानको रक्षा, देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धनमा आबद्ध दलहरूको साझा एजेन्डा हो।’

नेपालमा कम्युनिष्ट विचारधारा अझै पनि लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्ट एक हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायत नेताहरूको सहभागी थिए।

प्रकाशित: ४ चैत २०७९ १९:०० | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast