‘ऐँठन’ उपन्यास सार्वजनिक

हिमाल प्रेस ११ चैत २०७९ २१:०५ | Saturday, March 25, 2023
‘ऐँठन’ उपन्यास सार्वजनिक

काठमाडौँ- उपन्यास ऐलानीका लेखक विवेक ओझाद्वारा लिखित उपन्यास ‘ऐँठन’ सार्वजनिक गरिएको छ। शनिबार एक कार्यक्रम गर्दै उपन्यास सार्वजनिक गरिएको हो।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले ऐँठन सार्वजनिक गरे।

पुस्तकबारे सुमन अधिकारीले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्तामाझ चिनाउन पुस्तकले भुमिका खेल्ने बताए।
राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले नेपाली युद्ध साहित्यले एक उम्दा कृति पाएको बताए।

नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने बताइन्। उपन्यासमा घटनाक्रमको सिलसिला मिलेकाले पढ्न सहज भएको उनले बताइन्। लेखकले सिर्जनशील स्वतन्त्रताको उपयोग गर्दै माओवादी जनयुद्धका बारेमा लेखे पनि माओवादी आन्दोलनप्रति निर्मम भएकामा भने आफ्नो असन्तोष व्यक्त गरिन्।

लेखक ओझाले बोल्नुभन्दा लेख्नु सहज रहेको बताए। लेखनमा केरमेट र सम्पादनको सुविधा हुँदा लेखकलाई लेख्न नै सहज रहने भन्दै उनले पुस्तक कुनै बन्दुकधारीको पक्षबाट नलेखी निहत्था आम नागरिकको आँखाबाट लेखिएको दाबी गरे।

प्रकाशित: ११ चैत २०७९ २१:०५ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast