एमाले संसदीय दलको उपनेतामा नेम्वाङ चयन

हिमाल प्रेस २९ फागुन २०७९ १७:४० | Monday, March 13, 2023
एमाले संसदीय दलको उपनेतामा नेम्वाङ चयन

काठमाडौँ– नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन भएका छन्। संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार नेम्वाङलाई उपनेता पदमा चयन गरेका हुन्।

इलाम २ बाट निर्वाचित सांसद उनी हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित भएका हुन्। आम निर्वाचनपछि एमालेले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरेको थिएन।

जसमा आइतबार ओलीले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला चयन गरिसकेका छन्।

निर्वाचनपछि एमालेले दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन गरे पनि दलको उपनेता, प्रमुख सचेतक र सचेतक तोक्न बाँकी थियो। यसअघि पनि दलको उपनेतामा नेम्वाङ नै थिए।

प्रकाशित: २९ फागुन २०७९ १७:४० | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast