एमालेले नियमापत्ति गरेपछि कांग्रेसका पूर्णबहादुरले मागे माफी

हिमाल प्रेस १२ चैत २०७९ १७:०४ | Sunday, March 26, 2023
एमालेले नियमापत्ति गरेपछि कांग्रेसका पूर्णबहादुरले मागे माफी फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले आइतबारको प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाएपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन्।

सांसद बर्तौलाले प्रतिनिधि सभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको बताएका थिए।

लगत्तै कांग्रेसका सांसद खड्काले माफी मागे। उनले भने, ‘अन्देखाका कारण मान्यज्यूले उल्लेख गर्नुभएअनुसार मैले नियमावलीको उक्त दफालाई उल्लङ्घन गरेँ, त्यसका लागि म क्षमा माग्न चाहन्छु।’

प्रकाशित: १२ चैत २०७९ १७:०४ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast