एमालेको सचिवालय बैठक भोलि, उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

हिमाल प्रेस २६ फागुन २०७९ १३:०८ | Friday, March 10, 2023
एमालेको सचिवालय बैठक भोलि, उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको छ। एमालेले भोलि (शनिबार) बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाएको छ।

सोही बैठकमा उपराष्ट्रपतिमा उम्मेदवारी दिने वा नदिने विषयमा छलफल हुने छ। एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार पराजित बनेपछि उपराष्ट्रपतिमा उम्मेदवारी नदिने संकेत गरेको छ। एमालेले राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्बाङलाई उठाएको थियो।

सत्ता गठन्धनका उम्मेदवार रामचन्द्र पौडेलले जित्दा नेम्बाङले एमाले मात्रैको मत पाएका थिए। उपराष्ट्रपतिको उमेदवारी मनोनयन भोलि हुँदैछ।

प्रकाशित: २६ फागुन २०७९ १३:०८ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast