एमालेका सचेतकको प्रश्न : यो सरकार कसको हो?

हिमाल प्रेस ५ चैत २०७९ १३:५६ | Sunday, March 19, 2023
एमालेका सचेतकको प्रश्न : यो सरकार कसको हो? महेश बर्तौला

काठमाडौँ– नेकपा एमालेका सचेतक महेश बर्तौलाले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई कसको सरकार हो भन्दै प्रश्न गरेका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले किसानलाई मल दिन नसक्ने, मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने सरकार कसको हो भन्दै प्रश्न गरेका हुन्।

‘सरकार कस्को लागि काम गरिरहेको छ? नेपालका किसानलाई समयमा एक बोरा मलसमेत उपलब्ध गराउन नसक्ने सरकारले किसानको ढाड सेक्ने गरी, ढाड भाँच्ने गरी मलमा मूल्य वृद्धि गरेको छ। मलमा दिँदै आएको अनुदान कतौटी गरेको छ,’ उनले भने, ‘कहिलेबाट किसानले सरकारबाट यस खालको ज्यादतिपूर्ण अन्याय सहनुपर्ने हो? भूमिहीन सुकुम्बासीले लामो समयदेखि जग्गाधनी पूर्जा पाएका छैनन्। जग्गाधनी पुर्जा पाउनका लागि उनीहरुले कहिलेसम्म कुर्नुपर्ने हो? म सरकारलाई प्रश्न गर्न चाहन्छु।’

प्रकाशित: ५ चैत २०७९ १३:५६ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast