एमभी दुगड ग्रुप विद्युतीय सवारीको व्यापारमा प्रवेश

हिमाल प्रेस ३० फागुन २०७९ १९:२५ | Tuesday, March 14, 2023
एमभी दुगड ग्रुप विद्युतीय सवारीको व्यापारमा प्रवेश

काठमाडौँ– एमभी दुगड ग्रुपले दुईपांग्रे विद्युतीय सवारीसाधन बिक्री गर्ने भएको छ। ग्रुपले इन्डोनेसियाको चर्चित ब्राण्डको स्कुटर गेसिट्स बेच्ने भएको हो। एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले इन्डोनेसियन विद्युतीय टु ह्वीलर ब्राण्ड गेसिट्स स्कुटर नेपालमा सार्वजनिक गरेको हो।

कम्पनीले मंगलबार एक कार्यक्रममा तीन रंगमा स्कुटर सार्वजनिक गरेको हो। ग्राहकको माग, चाहना, आवश्यकतालाई मध्येनजर गर्दै गु्रपले विद्युतीय सवारी साधनको क्षेत्रमा प्रवेश गरेको बताएको छ।

मंगलबार आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्कुटरको उद्घाटन गरेका हुन्।

कार्यक्रममा ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड, डाइरेक्टर विजय महतो र गेसिट्सको एमभी दुगड ग्रुप नेपालका लागि प्रमुख कनक जमरको उपस्थिति थियो।

प्रकाशित: ३० फागुन २०७९ १९:२५ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast