एफएनसीसीआई चुनाव : वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी

हिमाल प्रेस ३० फागुन २०७९ १६:३५ | Tuesday, March 14, 2023
एफएनसीसीआई चुनाव : वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठको उम्मेदवारी

काठमाडौँ- नेपाल उद्योग वणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले आगामी चैत २८ र २९ मा हुने चुनावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनले मुलुकभित्र नै व्यावसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउन आगामी निर्वाचनमा आफूले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिएको बताए।

उपाध्यक्ष श्रेष्ठले समय परिवर्तनशील रहेकाले समयअनुकुल नीति निर्माण गर्न आफूले उम्मेदवारी दिएको बताए। ‘नयाँ सोचका साथ व्यापार नीतिहरू ल्याउनुपर्छ र संसक्त संगठन विस्तार गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तो संगठन विस्तार गर्न आफ्नो अनुभवले संगठन विस्तार गर्न भूमिका खेल्नसक्छु । त्यही अनुसार मैले नेतृत्वउन्मुख भएर आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको छु।’

विभिन्न जिल्ला भ्रमण गरेर आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ थियो। चैत २९ गते हुने निर्वाचनबाट व्यवसायीहरूले विश्वास गरेर आफूलाई मत दिने विश्वास सलएको उनले बताए।

प्रकाशित: ३० फागुन २०७९ १६:३५ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast