 
                             
                                            काठमाडौँ- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९को नाफाबाट १४.७५ प्रतिशत लाभांश (कर प्रयोजनाका नगदसहित) दिने भएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको लाभांश लघुवित्तको पाँचौं वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने निर्णय संस्थाले गरेको छ। संस्था सञ्चालक समितिको १६८औँ बैठकले हाल कायम चुक्तापूँजीको १४.७५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो।
‘शेयरधनीलाई लाभांशका लागि २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी पाँचौं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् लागु हुने गरी वितरण गर्ने निर्णय भएको हो’ संस्थाद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।
संस्थाको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ६७ हजार बराबरको छ।
                            प्रकाशित: २१ फागुन  २०७९ २१:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![लघुवित्त पीडितहरू संसद् भवन छिरेपछि…[तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2024/02/laghubitta-samsad-bhawan-ma-5.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 