एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार रुपैयाँ बोनस अफर

हिमाल प्रेस १ चैत २०७९ १५:०९ | Wednesday, March 15, 2023
एनएमबि बैंकको मर्चेन्ट क्यूआरमा एक हजार रुपैयाँ बोनस अफर

काठमाडौँ- एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा एक हजार रुपैयाँ बोनस अफर सार्वजनिक गरेको छ।

बैंकमा खाता खोलेका मर्चेन्टहरू तथा नयाँ मर्चेन्टहरूले एक हजार रुपैयाँभन्दा माथिको क्यूआरमार्फत पहिलो भुक्तानी लिँदा एक हजार रुपैयाँ बोनस जित्ने मौका पाउने बैंकले जानकारी दिएको छ।

उक्त अफर फागुन १५ देखि नै लागू भइसकेको बैंकले बताएको छ। उक्त अफरमा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा चालू खाता हुनुपर्नेछ।

एनएमबि बैंक विगत २६ वर्षदेखि नेपालमा बैंकिङ कारोबार गर्दै आएको छ।

प्रकाशित: १ चैत २०७९ १५:०९ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast