 
                             
                                            काठमाडौँ- एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि ‘क्यूआरमा एक हजार रुपैयाँ बोनस अफर सार्वजनिक गरेको छ।
बैंकमा खाता खोलेका मर्चेन्टहरू तथा नयाँ मर्चेन्टहरूले एक हजार रुपैयाँभन्दा माथिको क्यूआरमार्फत पहिलो भुक्तानी लिँदा एक हजार रुपैयाँ बोनस जित्ने मौका पाउने बैंकले जानकारी दिएको छ।
उक्त अफर फागुन १५ देखि नै लागू भइसकेको बैंकले बताएको छ। उक्त अफरमा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा चालू खाता हुनुपर्नेछ।
एनएमबि बैंक विगत २६ वर्षदेखि नेपालमा बैंकिङ कारोबार गर्दै आएको छ।
                            प्रकाशित: १ चैत  २०७९ १५:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 