एकीकृत समाजवादी २ मन्त्रालय लिएर सरकारमा जाने, भुसाल र ज्वाला बन्दैछन् मन्त्री

हिमाल प्रेस १५ चैत २०७९ १७:३९ | Wednesday, March 29, 2023
एकीकृत समाजवादी २ मन्त्रालय लिएर सरकारमा जाने, भुसाल र ज्वाला बन्दैछन् मन्त्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादी दुई मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ। उक्तपार्टी वरिष्ठ उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा सरकारमा जान लागेको हो। भुसालसँगै सल्यानबाट निर्वाचित प्रकाश ज्वाला पनि मन्त्री बन्दैछन्।

उक्त पार्टीबाट भुसाल पहिलो चरणमा र ज्वाला दोस्रो चरणमा मन्त्री बन्नेछन्। मन्त्रालय भागबन्डामा दलहरूबीच सहमति नजुटेपछि आज बुधबार गठबन्धनमा रहेका दलबाट एक/एक जनालाई मात्रै बनाउने तयारी छ।

भुसालले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एकको नेतृत्व गर्नेछन्। ज्वालालाई भौतिक पूर्वाधार विकासमन्त्री बनाउने तयारी छ। अहिलेका भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने माओवादीको तयारी छ।

नेकपा एकीकृत समाजवादीका नेताहरूले भने आफ्नो पार्टीले अहिलेको गठबन्धनका लागि धेरै त्याग गरेकोले तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ।

प्रकाशित: १५ चैत २०७९ १७:३९ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast