एकीकृत समाजवादीबाट भुसाल शिक्षा र ज्वाला भौतिक पूर्वाधारमन्त्री बन्ने!

हिमाल प्रेस १६ चैत २०७९ ११:५७ | Thursday, March 30, 2023
एकीकृत समाजवादीबाट भुसाल शिक्षा र ज्वाला भौतिक पूर्वाधारमन्त्री बन्ने!

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन्। आज बेलुका भुसालले मन्त्रीको शपथ लिने भएका हुन्।

नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको स्वीकार गरेका छन्। पार्टीबाट नेतृत्व गरेर उनी सरकारमा जाँदैछन्। समाजवादीका उपमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बन्ने भएका छन्।

एकीकृत समाजवादीबाट दुईजना मन्त्री बन्दैछन्। समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तीन मन्त्रालय मागे पनि दुई मन्त्रालय मात्र पाउने भएकाे छ। यता लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी पनि मन्त्री बन्ने भएका छन्।

उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने खुलाइएको छैन। प्रधानमन्त्रीको सचिवालयका अनुसार भण्डारीलाई श्रम मन्त्री बनाउने तयारी छ।

प्रकाशित: १६ चैत २०७९ ११:५७ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast