एकीकृत समाजवादीको तीन मन्त्रालयमा दाबी कायमै

हिमाल प्रेस १४ चैत २०७९ १४:०९ | Tuesday, March 28, 2023
एकीकृत समाजवादीको तीन मन्त्रालयमा दाबी कायमै

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयको अडान कायमै राखेको छ। मंगलबार (आज) बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो।

बैठकमा नेताहरूले बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलबारे जानकारी गराएका थिए। बैठकपछि उपमहासचिव जगन्नाथ खतिवडाले सिट बाँडफाँट टुंगो लागिनसकेकाले मन्त्रीहरुको नाम टुंगो नलागेको बताए।

‘जति चाँडो नाम माग्नुहुन्छ, त्यति चाँडो बैठक बसेर नामहरू दिने छौं’, उनले भने, कम्तिमा ३ पाउनुपर्‍यो भन्ने हाम्रो दाबी छ, मन्त्रालयको टुंगो लागेको केही घण्टामा नाम दिन्छौँ।’ समाजवादीले गृह मन्त्रालयसहित तीन मन्त्रालय मागिरहेको छ।

प्रधानमन्त्रीले भने दिन नसकिने बताइरहेका छन्।

प्रकाशित: १४ चैत २०७९ १४:०९ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast