 
                            
                                            काठमाडौँ- नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८’ मा ‘पिपल्स च्वाइस अवार्ड’ बाट राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारी सम्मानित भएकी छन्।
मञ्चले वर्षेनी आयाेजना गर्ने अवार्डकाे यसपालिकाे संस्करणमा राष्ट्रिय भलिबल टिमकै अरुणा शाही र राष्ट्रिय फुटबल टिमका अन्जन विष्ट क्रमशः महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए।
पारा तेक्वान्दोकी पलेशा गोवर्द्धनले वर्षको उत्कृष्ट पारा-एथलिटको अवार्ड जिते भने फुटबलका मनिष डाँगीले उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे। पाँचै खेलाडीलाई बजाज पल्सर बाइक प्रदान गरिएको छ।
राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी वर्षको उत्कृष्ट प्रशिक्षक अवार्डबाट सम्मानित भए। उनको नेतृत्वमा नेपालले सन् २०२१ को अक्टोबरमा पुरुषमा भएको साफ च्याम्पियनसिपमा रजत पदक जितेको थियो।
एनएसजेएफले एथलेटिक्स प्रशिक्षक रघुराज वन्तलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। त्यस्तै कतारी पत्रकार मोहम्मद हिजीले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड प्रदान गरिएको छ। स्पेसल अवार्ड ब्याटमिन्टन खेलाडी सारा देवी तामाङ र नङ्सलदेवी तामाङ र रत्नजित तामाङका मातापिता दानबहादुर तामाङ र मायादेवी तामाङले पाएका छन्।


 
  
  
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 