उपराष्ट्रपति निर्वाचन नतिजाले स्वच्छ राजनीति गर्नेहरूलाई हौसला मिलेको छ : उपेन्द्र यादव

हिमाल प्रेस ३ चैत २०७९ २०:३२ | Friday, March 17, 2023
उपराष्ट्रपति निर्वाचन नतिजाले स्वच्छ राजनीति गर्नेहरूलाई हौसला मिलेको छ : उपेन्द्र यादव फाइल तस्बिर।

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुले स्वच्छ राजनीति गर्नेहरूलाई प्रोत्साहन मिलेको बताएका छन्।

शुक्रबार उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतीक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

नवनिर्वाचित उपराष्ट्रपति यादव इमान्दारिता र स्वच्छ छविको प्रतीकको रूपमा रहेको उनको भनाइ छ।

यादवको विजयले स्वच्छ राजनीति र स्वच्छ छवि भएकाहरूका लागि भविष्यमा राजनीति गर्न प्रोत्साहन मिल्ने उनले उल्लेख गरे।

नवनिर्वाचित उपराष्ट्रपतीको विजय सबैको विजय भएको उनले प्रतीक्रिया दिए।

‘उहाँ (यादव) इमान्दारिता र स्वच्छ छवि भएको व्यक्ति हो। यो विजयले स्वच्छ राजनीति र स्वच्छ छविलाई, अर्को व्यक्तित्वलाई प्रोत्साहन दिनेछ,’ उनले भने।

प्रकाशित: ३ चैत २०७९ २०:३२ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast