उपराष्ट्रपति निर्वाचन : आज मध्यरातबाट प्रचार गर्न नपाइने

हिमाल प्रेस ३० फागुन २०७९ ११:२८ | Tuesday, March 14, 2023
उपराष्ट्रपति निर्वाचन : आज मध्यरातबाट प्रचार गर्न नपाइने

काठमाडौँ- निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि ४८ घण्टे निषेध अवधि तोकेको छ। आज (मंगलबार) मध्यरातबाट लागू हुने गरी आयोगले निषेध अवधि तोकेको हो।

सो अवधिमा निर्वाचन प्रचारप्रसार, छलफल, सभासम्मेलन, एसएमएस, विज्ञप्ति प्रकाशन, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्री, विभिन्न सामाजिक सञ्जालबाट मत माग्न रोक लगाइएको छ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ।

उपराष्ट्रपतिका लागि अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा, रामसहायप्रसाद यादव गरी चार जना उम्मेदवार छन्।

यद्यपि प्रमिला कुमारीले भने आफ्नो उम्मेदवारी फिर्ता भएको घोषणा गरेकी छन्। उम्मेदवारी फिर्ता लिने समय घर्किएपछि मात्रै घोषणा गरेकाले निर्वाचन आयोगले उनको उम्मेदवारी कायमै राखेको छ।

प्रकाशित: ३० फागुन २०७९ ११:२८ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast