उपराष्ट्रपति जसपालाई दिने निर्णय भएको छैन : कांग्रेस उपसभापति खड्का

हिमाल प्रेस २६ फागुन २०७९ १२:३३ | Friday, March 10, 2023
उपराष्ट्रपति जसपालाई दिने निर्णय भएको छैन : कांग्रेस उपसभापति खड्का

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनता समाजवादी पार्टी (जसपा) लाई उपराष्ट्रपति दिने भन्ने निर्णय भइनसकेको बताएका छन्। शुक्रबार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रम पुगेर उनको शालिकको दर्शन गर्दै उनले यस्तो बताएका हुन्।

‘उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी, सहमति भएका छन्। प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ,’ उनले भने, ‘जसपालाई उपराष्ट्रपति दिने कुरा ८ दलको बीचमा प्रवेश गरिसकेको छैन। त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’ यस्तै उनले द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत नै अघि बढ्ने बताएका छन्।

‘द्वन्द्वकालीन मुद्दा १२ बुँदे शान्ति सम्झौतामार्फत जसरी मुलुक शान्तिमा रूपान्तरण भयो, त्यसकै जगमा हामीले संविधानसभा गर्‍यौँ। त्यही संविधानसभाको जगमा संविधान बन्यो,’ उनले भने, ‘१२ बुँदे शान्ति सम्झौता गर्दा द्वन्द्वकालीन सबै खालका समस्याको समाधान कानुन बनाएर ती आयोगहरूमार्फत निरूपण गर्छौं भनेर जसरी सहमति भएको थियो, जुन जगमा मुलुक यहाँ पुगेको छ, त्यसैले संक्रमणकालीन न्यायको समाधान गर्ने प्रतिबद्धताअनुसार नै जान्छ।’

प्रकाशित: २६ फागुन २०७९ १२:३३ | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast