उपराष्ट्रपतिमा रामसहायप्रसादलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस २९ फागुन २०७९ १३:०६ | Monday, March 13, 2023
उपराष्ट्रपतिमा रामसहायप्रसादलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन्। प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपाका नेता प्रदीप यादवले बताए।

‘प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई यही चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गरिएको छ’ उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गरेर सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनुभएको छ ।’

प्रकाशित: २९ फागुन २०७९ १३:०६ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast