उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले दिइन् उम्मेदवारी

हिमाल प्रेस २७ फागुन २०७९ १२:५४ | Saturday, March 11, 2023
उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले दिइन् उम्मेदवारी

काठमाडौँ-  उपराष्ट्रपतिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्।

शनिबार दिउँसो बानेश्वरस्थित संसद भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। उनीसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्बाङलगायत नेताहरू पुगेका छन्। उनको प्रस्तावकमा केपी शर्मा ओली, सुवास नेम्बाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश वर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन्।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

यसअघि राष्ट्रपतिको निर्वाचनमा एमालेबाट उपाध्यक्ष नेम्बाङ उम्मेदवार उठेका थिए। उनी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित भएका थिए।

प्रकाशित: २७ फागुन २०७९ १२:५४ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast