उपराष्ट्रपतिको चुनावको प्रचारप्रसार बन्द

हिमाल प्रेस १ चैत २०७९ ७:१२ | Wednesday, March 15, 2023
उपराष्ट्रपतिको चुनावको प्रचारप्रसार बन्द

काठमाडौँ- उपराष्ट्रपतिको चुनावका लागि गएराति(बुधबार)देखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मौन अवधिमा प्रचारप्रसार निषेध गरिएको छ।

मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ। उपराष्ट्रपति पदका लागि पर्सि ३ गते मतदान हुँदैछ। मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै निषेधको अवधि लागू भएको आयोगले जनाएको हो।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ।

आचारसंहिताबमोजिम चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।उपराष्ट्रपति पदको चुनावका लागि अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्। प्रमिलाकुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेकी छन्।

प्रकाशित: १ चैत २०७९ ७:१२ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast