उपनिर्वाचन हुने तीन क्षेत्रमा कति छन् मतदाता?

हिमाल प्रेस १६ चैत २०७९ १८:३३ | Thursday, March 30, 2023
उपनिर्वाचन हुने तीन क्षेत्रमा कति छन् मतदाता? निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले उपनिर्वाचनको लागि मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ।

आयोगका अनुसार मतदाता हुन योग्य व्यक्तिहरूको संख्या एक करोड ८० लाख एक हजार ५६६ जना पुगेको छ। यो संख्या आगामी वैशाख ९ गतेसम्म १८ वर्ष पुग्नेको हो।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने चितवन-२ मा एक लाख २४ हजार ६९५ मतदाताले मत हाल्न पाउने छन्। त्यस्तै, बारा-२ मा एक लाख पाँच हजार २४८ र तनहुँ- १ मा एक लाख २३ हजार २०५ मतदाता छन्।

प्रकाशित: १६ चैत २०७९ १८:३३ | Thursday, March 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast