उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिने

हिमाल प्रेस १३ चैत २०७९ १८:५८ | Monday, March 27, 2023
उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा राप्रपाले उम्मेदवारी दिने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। राप्रपाले आगामी वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुन गइरहेको तनहुँ–१, चितवन–२ र बारा–२ मा आफ्नो उम्मेदवार उठाउने भएको हो।

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक निर्वाचन परिचालनका लागि बारा–२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन–२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ–१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकेको छ।

यस्तै, पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी ०८० वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरी तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी वैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ।

राप्रपाले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्लाबाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय पनि गरेको छ।

प्रकाशित: १३ चैत २०७९ १८:५८ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast