उपत्यकामा चोरी गर्ने दुई पक्राउ

हिमाल प्रेस ११ चैत २०७९ ७:२४ | Saturday, March 25, 2023
उपत्यकामा चोरी गर्ने दुई पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा दिउँसोको समयमा चोरी गर्दै हिँड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत फागुनमा धापासी हाइट स्थित भेषराज दाहालको घरको कोठाको ढोका फोडी सुनका विभिन्न गरगहना तथा नगद गरी झन्डै ८ लाख मूल्य बराबरको धनमाल चोरी भएको भनी निवेदन प्राप्त भएपछि टोखा प्रहरीले गरेको अनुसन्धानको क्रममा चोरीको आरोपमा दुई जना पक्राउ परेका हुन्।

चोरीमा मण्डिखाटार स्थित गेस्ट हाउसमा बस्ने अर्जुन परियार र रोशन गौतमको संलग्नता रहेको भन्ने खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित: ११ चैत २०७९ ७:२४ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast