उपत्यकाका २८ क्याम्पसमा सत्तागठबन्धन निकट विद्यार्थीहरूको तालमेल

हिमाल प्रेस २७ फागुन २०७९ १७:१७ | Saturday, March 11, 2023
उपत्यकाका २८ क्याम्पसमा सत्तागठबन्धन निकट विद्यार्थीहरूको तालमेल

काठमाडौँ– स्ववियु निर्वाचनमा सत्तागठबन्धन दल निकट तीन विद्यार्थी संगठनहरूले तालमेल गरेका छन्।

नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादीनिकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालमेल गरेका हुन्।

अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनमा तीन विद्यार्थी संगठनबीच उपत्यकाका ठुला क्याम्पसमा तालमेल गर्ने सहमति भएको बताए।

नेविसंघले १५ क्याम्पस, अखिल क्रान्तिकारीले १० क्याम्पस र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियु सभापति लिनेगरी तालमेल भएको उनले जानकारी दिए।

नेविसंघले सभापतिमा त्रिचन्द्र, पद्दमकन्या, शंकरदेव, मिनभवन, पशुपति, पाटन, आई ओ एम महाराजगञ्ज, टिचिङ नर्सिङ्, आयुर्वेद क्याम्पस, जनप्रशासन, सरस्वती, ग्रमीण आदर्श, कोटेश्वर,भक्तपुर बहुमुखी, केआईसिं कालिमाटी र शिक्षा क्याम्पस थलीको सभापति पाएको छ।

यस्तै अनेरास्ववियु क्रान्तिकारीले थापाथली, सानोठीमी, पुल्चोक, नेपाल ल, पब्लिक युथ, विश्वभाषा, एनआर कलेज ,नेशनल इन्जिनियरिङ, हिमालयन इन्जिनियरिङ क्याम्पसको सभापति पाएको छ।

नेकपा एसनिकट अनेरास्ववियूले रत्नराज्य , महेन्द्र रत्न ताहाचल र वानेश्वर क्याम्पसको स्ववियु सभापति पाउने गरी तालमेल भएको छ।

क्याम्पस संख्यामा सहमति गर्दै नेवि संघ अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारी अध्यक्ष पन्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन्। स्ववियु निर्वाचन चैत ५ गते हुन गइरहेको छ।

प्रकाशित: २७ फागुन २०७९ १७:१७ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast