आगलागीमा परी दुई बालबालिकाको मृत्यु

हिमाल प्रेस २७ फागुन २०७९ ९:०५ | Saturday, March 11, 2023
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

काठमाडौँ- उदयपुरको रौतामाई गाउँपालिका-८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र छोरा २ वर्षीय रोजनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए।

हिजो बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर घर जलेको हो। घरमा रहेका जस्मिन र रोजनको जलेर ज्यान गएको वडासदस्य रुद्रबहादुर लुंगेली मगरले बताए।

आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो हिजो बेलुका नै निभाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ फागुन २०७९ ९:०५ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast