इन्जिनियर व्यवसायी लाइसेन्स परीक्षामा जम्मा ५६५ परीक्षार्थी उत्तीर्ण

हिमाल प्रेस १४ चैत २०७९ १४:५८ | Tuesday, March 28, 2023
इन्जिनियर व्यवसायी लाइसेन्स परीक्षामा जम्मा ५६५ परीक्षार्थी उत्तीर्ण इन्जिनियर व्यवसायीको लाइसेन्स परीक्षा दिन आएका परीक्षार्थीहरू।

काठमाडौँ- इन्जिनियर लाइसेन्स परीक्षामा २८.५२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। मंगलबार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गर्दै परीक्षामा सहभागी भएका १ हजार ९८१ जनामध्ये ५६५ परीक्षार्थीमात्रै उत्तीर्ण भएको जनाएको हो।

अध्यक्ष पदम शाहीका अनुसार इन्जिनियरसम्बन्धी २० विधामा भएको परीक्षा चैत १३ र १४ गते भएको थियो। काउन्सिलले पहिलोपटक इन्जिनियर व्यवसायी दर्ता हुनका लागि लाइसेन्स परीक्षा लिन सुरु गरेको हो। उत्तीर्ण नहुनेले काउन्सिलको प्रमाणपत्र नपाउने र नेपालभर इन्जिनियरका रूपमा काम गर्न नपाउने शाहीले बताए।

यसअघि काउन्सिलले विश्वविद्यालयबाट इन्जिनियरिङ उत्तीर्ण प्रमाणपत्रका आधारमा परीक्षाबिनै लाइसेन्स दिने गरेको थियो। तर अब इन्जिनियरिङसम्बन्धी कुनै पनि व्यवसाय गर्न काउन्सिलको परीक्षा उत्तीर्ण भएर लाइसेन्स लिनैपर्ने नियम लागू गरिएको छ।

प्रकाशित: १४ चैत २०७९ १४:५८ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast