इटहरी उपमहानगर कर्मचारीको खाजा र इन्धन भत्तामा कटौती

हिमाल प्रेस २८ फागुन २०७९ १५:२१ | Sunday, March 12, 2023
इटहरी उपमहानगर कर्मचारीको खाजा र इन्धन भत्तामा कटौती

इटहरी– इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ। फागुन २६ गते बसेको कार्यापालिका बैठकले कर्मचारीलाई मासिक रूपमा दिँइदै आएको खाजा भत्ता कटौती गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाले कर्मचारीलाई दिने तेल सुविधा पनि कटौती गरेको छ।

प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक ५ हजार रूपैयाँ खाजा भत्ता र १० लिटर इन्धन सुविधा कटौतीको निर्णय गरेको हो।

मेयर हेमकर्ण पौडेलका अनुसार चैत १ गतेबाट लागु हुनेगरी उक्त सुविधा कटौती गरिएको हो।

उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन्। ती कर्मचारीका लागि खाजा भत्तामा वार्षिक करिब २ करोड ८२ लाख रूपैयाँ खर्च हुँदै आएको थियो। इन्धन सुविधा कटौती गर्दा वर्षको १ करोड ७ लाख रूपैयाँ जोगिने मेयर पौडेलले बताए।

‘चैत १ गतेबाट लागु हुने गरी हामीले रोक्ने निर्णय गरेका छौं,’ उनले भने। कर्मचारीले मासिक १० लिटर इन्धन र मासिक ५ हजार खाजा भत्ता पाउँदै आएका थिए।

प्रकाशित: २८ फागुन २०७९ १५:२१ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast