आरआर क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा

हिमाल प्रेस १ चैत २०७९ १२:४७ | Wednesday, March 15, 2023
आरआर क्याम्पसमा स्ववियु निर्वाचन अन्योलमा

काठमाडौँ- रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आन्योलग्रस्त बन्न पुगको छ।
स्ववियु निर्वाचन समिति आरआर क्याम्पसले यस अघि २५ गते खुकुरी विवादका कारण स्थगित भएको मनोनयन दर्ता मंगलबारका लागि आह्वान गरेपनि विद्यार्थी संगठनको विरोधका कारण दर्ता हुन नसकेपछि निर्वाचन अन्योल ग्रस्त बन्न पुगेको हो।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायत १२ विद्यार्थीसंगठनले क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको अराजक शैलीका विरुद्ध विरोध गर्नुपरेको जनाएका छन्।

उनीहरूले फर्जी तथा अवैधानिक मतदाता नामावली खारेज गर्नुपर्ने, निर्वाचन अधिकृतले राजिनामा दिनुपर्ने, मतदाता नामावली उपर निष्पक्ष छानबिन गरी वास्तविका मतदाता सूची सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। आफ्ना जायज माग पूरा नभए स्ववियु निर्वाचन हुन नदिने विद्यार्थीसंगठनहरूले जनाएका छन्। आरआर क्याम्समा ४ हजार ९७० मतदाता विद्यार्थी छन्।

स्ववियु निर्वाचनको उम्मेदवारी दर्ताको दिन नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन (अनेरास्ववियू)का सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका थिए। उम्मेदवारी मनोनयनका क्रममा खुकुरी देखाएर अन्य संगठनका विद्यार्थीलाई धम्क्याएको विरोधमा मनोनयन दर्ता स्थगित भएको थियो।

प्रकाशित: १ चैत २०७९ १२:४७ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast