 
                             
                                            काठमाडौँ- चालु आर्थिक वर्षको आठ महिनामा लाभांशबापत १३ अर्ब ५० करोड रुपैयाँ बिदेसिएको छ। फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लाभांशबापत बाहिरिएको उद्योग विभागले जनाएको हो।
विभागले फागुनमा मात्रै लाभांशबापत करिब तीन अर्ब विदेश लैजानका लागि सिफारिस दिएको छ। विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ।
चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, १५० जना प्रतिनिधि र ३९२ जना आश्रितका लागि सिफारिस गरेको छ।
फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको हो। विभागका अनुसार फागुनसम्म २३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ।
                            प्रकाशित: ३ चैत  २०७९ १६:५७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 