आज कांग्रेसबाट यी चारले मन्त्रीको शपथ खाँदै

हिमाल प्रेस १७ चैत २०७९ १३:५५ | Friday, March 31, 2023
आज कांग्रेसबाट यी चारले मन्त्रीको शपथ खाँदै

काठमाडौँ- नेपाली कांग्रेसले पहिलोचरणमा विस्तार हुने मन्त्रिपरिषद्‌मा चार नेताको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पठाएको छ। कांग्रेसबाट पार्टी उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेर नेतृत्व गर्ने भएका छन्।

त्यस्तै डा.प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने भएका हुन्। कांग्रेसको भागमा ८ मन्त्रालय परे पनि आन्तरिक विवादका कारण पहिलोचरणको मन्त्रिपरिषद् विस्तारमा चार जनाको मात्रै नाम गएको हो।

कांग्रेसमा डा.शेखर कोइराला नेतृत्वको समूहले कम्तिमा तीन मन्त्रालय आफ्नो समूहले पाउनुपर्ने अडान राखिरहेको छ।

प्रकाशित: १७ चैत २०७९ १३:५५ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast