आजबाट सुरु हुँदै निफ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

हिमाल प्रेस २ चैत २०७९ ९:२४ | Thursday, March 16, 2023
आजबाट सुरु हुँदै निफ, प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौँ- छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आज (बिहीबार) बाट सुरु हुँदैछ। चैत ६ गतेसम्म सञ्चालन हुने निफको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे सिभिल मलमा शुभारम्भ गर्नेछन्।

५५ देशबाट आएका ५०० बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएको आयोजकले जनाएको छ।

यी चलचित्रको प्रदर्शन काठमाडौँका अत्याधुनिक सिनेमा हलहरू सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लबिम मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुनेछ।

शुभारम्भ चलचित्रको रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रदर्शन हुनेछ। उल्लेखित सिनेमा हलहरूमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिनेछ। यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ।

प्रकाशित: २ चैत २०७९ ९:२४ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast