आइएमई पेको नयाँ अफर ‘५ को ५’ सार्वजनिक

हिमाल प्रेस ५ चैत २०७९ १८:३४ | Sunday, March 19, 2023
आइएमई पेको नयाँ अफर ‘५ को ५’ सार्वजनिक

काठमाडौँ- आइएमई पेले ‘५ को ५’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। चैत १ गतेदेखि लागू भइसकेको अफरबाट ईयरबड्स जित्ने मौका मिल्ने आइएमई डिजिटल सोलुसन्स कम्पनीले जानकारी दिएको छ।

चैत १५ गतेसम्म चल्ने अफरमा ग्राहकले आइएमई पेमा लिंक गरेको बैंकको खाताबाट कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउने कम्पनीको भनाइ छ।

त्यस्तै एम–बैंकिङ वा ई–बैंकिङबाट, डेबिट÷क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा पनि ५ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउने कम्पनीको भनाइ छ।

त्यस्तै हरेक दिन कम्तिमा १ पटक सोही माध्यमहरूबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले १ हजार रुपैयाँ जित्ने मौका पनि पाउने कम्पनीले बताएको छ। सो रकम विजेताको वालेटमा लोड गरिने कम्पनीको भनाइ छ।

ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यले अफर ल्याइएको कम्पनीले बताएको छ।

प्रकाशित: ५ चैत २०७९ १८:३४ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast