अहिलेको शासन व्यवस्थाको परिणाम गिरिजाप्रसाद कोइरालाले लिएको विचार हो : गगन थापा

हिमाल प्रेस ७ चैत २०७९ १६:५० | Tuesday, March 21, 2023
अहिलेको शासन व्यवस्थाको परिणाम गिरिजाप्रसाद कोइरालाले लिएको विचार हो : गगन थापा फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको शासन व्यवस्थाको परिणामको पछाडि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका प्रमुख रहेको बताएका छन्।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले मंगलबार काठमाडौँ बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘…०६० सालतिर विचार भन्दा हतियार ठूलो र हिंसामार्फत सत्ता प्राप्त हुन्छ भन्ने विचारको नेतृत्व माओवादीले गर्थ्यो। नागरिक स्वतन्त्राबाट शक्ति निसृत भएर शक्ति प्राप्त हुन्छ,’ उनले भने, ‘नागरिक सर्वोपरि हुन् भन्ने विचारको नेतृत्व गिरिजाप्रसादले गर्नुहुन्थ्यो। आजको नेपालको शासन व्यवस्था गिरिजाप्रसाद कोइरालाले लिएको विचारको परिणाम हो। उहाँ यो व्यवस्थाको सर्वोच्च नेता हो।’

उनले त्यसका लागि सबै राजनीतिक दलहरूलाई आह्वान गरे। ‘हिजो शान्ति प्रक्रियामा सहभागी भएका सबै दलहरूले यसलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ। यो मुद्दामा सबै दलहरू एक ठाउँमा आउनुपर्छ। हामीसँग अब समयको सुविधा छैन। अझै लम्ब्याएर लग्यौँ भने झन् अल्झिदै जान्छ। थप अन्याय हुन्छ,’ उनले भने, ‘अब जतिसक्दो छिटो संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउन सक्नुपर्छ। यसलाई निकै धेरै संवदेनशील भएर टुंगोमा पुर्‍याउनुपर्नेछ।’

प्रकाशित: ७ चैत २०७९ १६:५० | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast