अयोग्य लडाकुलाई राहत, बुधबारदेखि नै प्रक्रिया थाल्दै सरकार

हिमाल प्रेस ७ चैत २०७९ २१:४९ | Tuesday, March 21, 2023
अयोग्य लडाकुलाई राहत, बुधबारदेखि नै प्रक्रिया थाल्दै सरकार

काठमाडौँ- सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने प्रक्रिया बुधबारदेखि नै सुरु गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रमाणीकरण भएका अयोग्य लडाकुलाई राहतस्वरूप दुई लाख रुपैयाँ दिने प्रक्रिया बुधबारदेखि नै सुरु हुने भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलार्ई कार्यविधि बनाएर राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो। ‘बुधबारदेखि कार्यविधि बनाउने प्रक्रिया मन्त्रालयले थाल्छ, त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुन्छ,’ गृहसचिव विनोदप्रकाश सिंहले भने, ‘सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिनेछ।’उनका अनुसार राहत वितरणको काम चरणबद्ध रूपमा गरिनेछ।

राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुने सचिव सिंहले जानकारी दिए। संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन्। यसअघि २०७३ सालमा उनीहरूलाई दुई लाख रुपैयाँ राहत दिने भनिए पनि रोकिएको थियो ।

तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए। त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठह¥याइएका चार हजार आठ लडाकु बाहिरिएका थिए। एक हजार चार सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए। रासस

प्रकाशित: ७ चैत २०७९ २१:४९ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast