अब विदेशमा नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सकिने

हिमाल प्रेस १ चैत २०७९ २१:०५ | Wednesday, March 15, 2023
अब विदेशमा नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सकिने

काठमाडौँ- सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले विदेशस्थित नेपाली दूतावासबाटै पुन: श्रमस्वीकृति लिन सकिने व्यवस्था गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त व्यवस्था गरेको हो। वैदेशिक रोजगारीमा हुँदा रोजगारदाता र श्रमिकबीच भएको सम्झौताअनुसार विदेशस्थित नेपाली कूटनीतिक नियोगबाटै पुनः श्रमस्वीकृति लिन सक्ने व्यवस्था गरेको हो।

यसअघि सबैलाई २ वर्षको श्रम स्वीकृति दिँदै आएको र पुनः नवीकरणका लागि नेपालमा नै आउनुपर्ने झनझटलाई मध्येनजर गर्दै विदेशस्थित दूतावासबाटै पुनः श्रम स्वीकृति लिनसक्ने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

कामदाकारको आर्यअवधि छँदै श्रम स्वीकृतिका लागि बीचमै फर्किनुपर्ने बाध्यता अब नहुने मन्त्रालयको भनाइ छ। यसअघिको व्यवस्थाअनुसार कार्यअवधि बाँकी हुँदै नेपाल फर्किँदा झनझट व्यहोर्नु परेको भन्दै प्रधानमन्त्रीस्तरबाटै उक्त निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सम्हालिरहेका छन्।

प्रकाशित: १ चैत २०७९ २१:०५ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast