अब आणविक कानुन पनि बनाउनुपर्छ : उपसभामुख

हिमाल प्रेस ७ चैत २०७९ १५:२५ | Tuesday, March 21, 2023
अब आणविक कानुन पनि बनाउनुपर्छ : उपसभामुख फाइल तस्बिर।

काठमाडौँ- उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी छन्। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी हुन्।

उनले नेपाल शान्तिको देश भएको र नेपालीले शान्ति चाहने भन्दै छिमेकी देशहरूले आणविक शक्ति प्रयोग गर्दा पर्ने असरहरूको क्षतिपूर्ति उनीहरूले दिनुपर्ने बताइन्। उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरू खेप्नुपरेको बताएकी छन्। ‘उब्जनी फलिराखेको छैन, भोकभोकै बस्नुपरेको छ। पानीको स्रोतहरू, मुहानहरू बन्द भएर मान्छेहरू बसाइँ सरिरहेका छन्,’ उनले भनिन्।

प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेपालले आणविक कानुन बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरूलाई ध्यान दिएर बनाउनुपर्ने बताए।

प्रकाशित: ७ चैत २०७९ १५:२५ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast