राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङमा हुने

हिमाल प्रेस १० फागुन २०७९ १२:५६ | Wednesday, February 22, 2023
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङमा हुने

काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ महाधिवेशन धादिङमा हुने भएको छ। प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलन गर्दै आठौं महाधिवेशन एवं २२ औं साधरण सभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी दिएको हो।

आगामी फागुन १२ देखि सुरु हुने भनिएको महोत्सव फागुन १४ सम्म चल्ने आयोजकले बताएको छ। धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए।

महाधिवेशनको मुख्य अतिथिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको उपस्थिति रहने छ। महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरू, मानार्थ सदस्यहरू र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने आयोजकको अनुमान छ।

प्रकाशित: १० फागुन २०७९ १२:५६ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast