राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाँचखाल प्रथम

हिमाल प्रेस १६ फागुन २०७९ ९:२१
6
SHARES
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पाँचखाल प्रथम

काभ्रे- चौधौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ मा पाँचखाल नगरपालिका प्रथम भएको छ। काभ्रेको पनौती क्षेत्रीय रंगशालामा सोमबार प्रतियोगिताको समापन कार्यक्रममा १३ स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा पाँचखाल नगरले १२ स्वर्ण, छ रजत र १० काश्य पदकमा विजयी भई प्रथम भएको हो। नौ स्वर्ण, १० रजत जितेको पनौती नगर दोस्रो भएको छ भने सात स्वर्ण र छ रजत जितेको चौँरीदेउराली गाउँपालिकाले तेस्रो स्थान हासिल गर्‍यो।

भलिबल छात्रतर्फ खानीखोला प्रथम, पनौती दोस्रो, चौँरीदेउराली तेस्रो र पाँचखाल चौथो भएका छन्। छात्रातर्फ भने चौँरी देउराली प्रथम, नमोबुद्ध दोस्रो, धुलिखेल तेस्रो र बेथान्चोक चौथो भएका हुन्।

यस्तै कबड्डी खेलमा छात्रतर्फ पनौती, रोशी, बनेपा, पाँचखाल क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भएका छन्। छात्रातर्फ भने बनेपा, पनौती, रोशी र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो भएका हुन्।

त्यस्तै प्रतियोगितामा एथ्लेटिक्स्तर्फ पाँचखाल, चौँरीदेउराली र मण्डनदेउपुर क्रमशः प्रथम, दोस्रो, तेस्रो भएका थिए । डब्लुटिएफ तेक्वान्दो खेलतर्फ पनौती, चौँरीदेउराली र बेथानचोक क्रमशः प्रथम, दोस्रो, र तेस्रो भएका छन्। करातेतर्फ बनेपा, खानीखोला र बेथान्चोक क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका हुन्।

शनिबारदेखि सञ्चालन गरिएको प्रतियोगिता सोमबार समापन भएको हो । यसअघि सबै स्थानीय तहमा विद्यालयस्तरीय प्रतियोगिता आयोजना सम्पन्न गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

प्रकाशित: १६ फागुन २०७९ ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =