नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औँ वर्षमा

हिमाल प्रेस १४ फागुन २०७९ १५:५५
2
SHARE
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औँ वर्षमा

काठमाडौँ- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ३८ औँ वर्षमा प्रवेश गरेको छ। सो अवसरमा बैंकले आइतबार ३८ औँ वार्षिकोत्सव मनाएको छ। साे अवसरमा  आयोजित कार्यक्रममा  बैंकका अध्यक्ष पृथ्बीबहादुर पाँडेले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको दाबी गरे। स्थापनाको ३७ वर्षसम्म बैंकले व्यावसायिक उत्कृष्टता र ग्राहकको सन्तुष्टि केन्द्रमा राखेको उनको भनाइ थियो।

गत पुसमा वित्तीय बजारका सुपरिचत बैंकहरू नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच मर्जर भएको थियो। मर्जरपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान हुनुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकहरूलाई पनि मर्जरका लागि प्रेरित गरेको अध्यक्ष पाँडेको भनाइ थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले वित्तीय बजारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको दाबी गरे। बैंकले वार्षिकोत्सवका अवसरमा ग्राहकलाई डेबिट कार्ड तथा मोबाइल बैंकिङ सुविधा लिँदा सीमित महिनाका लागि शुल्क नलाग्ने सुविधा ल्याएको छ।

उक्त सुविधाले राष्ट्र बैंकको डिजिटल प्रविधि प्रवद्र्धन गर्ने नीतिलाई प्रोत्साहन गर्ने सीईओ पाण्डेले बताए। बैंकले ३८औं वार्षिकोत्सवको अवसरमा रक्तदान लगायतका विभिन्न कार्यक्रम समेत आयोजना गरेको थियो।

प्रकाशित: १४ फागुन २०७९ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =