सांसद रहमानको निधनमा सभामुख घिमिरेद्वारा शोक व्यक्त

हिमाल प्रेस १४ फागुन २०७९ ११:२०
4
SHARES
सांसद रहमानको निधनमा सभामुख घिमिरेद्वारा शोक व्यक्त सहनाज रहमान। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधनप्रति सभामुख देवराज घिमिरेले शोक व्यक्त गरेका छन्। रहमानको निधनको खबरलगत्तै भक्तपुरस्थित मध्यपुर थिमि अस्पताल पुगी सभामुख घिमिरेले शोक व्यक्त गरेका हुन्। सभामुखले रहमानका छोरी तथा परिवारका सदस्यहरुसँग भेट गरी समवेदना व्यक्त गरेका थिए।

जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित रहमान ६३ वर्षकी थिइन्। झापाको भद्रपुर स्थायी बासिन्दा उनका पति र पाँच छोरी छन्।

भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात भएको थियो। त्यसपछि अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

रहमान जसपाकी केन्द्रीय सदस्य र महिला फोरमकी पूर्वअध्यक्ष थिइन्। अहिले अस्पतालमा सभामुख देवराज घिमिरेलगायत जाँदैछन्।

प्रकाशित: १४ फागुन २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =