राष्ट्रपतिमा रामचन्द्रले उम्मेदवारी दिँदै गर्दा आठदलीय नेताहरूको भावभंगी [तस्बिरमा हेर्नुस्]

दिपेश श्रेष्ठ १३ फागुन २०७९ १४:५६ | Saturday, February 25, 2023
राष्ट्रपतिमा रामचन्द्रले उम्मेदवारी दिँदै गर्दा आठदलीय नेताहरूको भावभंगी [तस्बिरमा हेर्नुस्] राष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि प्रतिनिधिसभा भवनमा रामचन्द्र पौडेल। तस्बिर- दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ– फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठदलीय गठबन्धनका शीर्ष नेताहरू नयाँ वानेश्वरस्थित संघीय संसद् भवन पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान छन्।

यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे छन्।

वरिष्ठ नेता पौडेल मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट फराकिलो मतान्तरले विजयी सांसद हुन्।

यसअघि ०४८ मा साविकको तनहुँ १ र यसपछि तनहुँ २ बाट ०५१, ०५६, ०६४ र ०७० सालमा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

यसबीच उनी उपप्रधान तथा गृह, स्थानीय विकास, कृषि, सञ्चारमन्त्री र सभामुखको जिम्मेवारी पाइसकेका छन्।

००१ साल असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मिएका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागेका हुन्।

कांग्रेसद्वारा सञ्चालित ०१८ सालको क्रान्तिमा पौडेलले सहभागिता जनाएका पौडेल ०२७ सालमा नेपाल विद्यार्थी संघको संस्थापक सदस्य बन्दै ०३४ सालमा पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य र त्यसपछि पार्टीका उपसभापति तथा कार्यवाहक सभापति भएका थिए।

प्रकाशित: १३ फागुन २०७९ १४:५६ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast