राष्ट्रपति पदमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

हिमाल प्रेस १३ फागुन २०७९ १४:२५
20
SHARES
राष्ट्रपति पदमा रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन्।  शनिबार संघीय संसद् भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन्।

पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको तर्फबाट साझा उम्मेदवार बनेका हुन्।

पौडेलको प्रस्तावक कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई, जनमत पार्टीका अब्दुल खान छन्।

त्यस्तै समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्य्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादीका हितराज पाण्डे छन्।

प्रकाशित: १३ फागुन २०७९ १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =