राप्रपाका मन्त्रीले बुझाए राजीनामा

हिमाल प्रेस १३ फागुन २०७९ १३:०१
8
SHARES
राप्रपाका मन्त्रीले बुझाए राजीनामा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका छन्।

शनिबार दिउँसो बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्। आज बिहान बसेको बैठकले सरकारको समर्थन फिर्ता लिने र सरकार छाड्ने निर्णय गरेको थियो।

राप्रपाबाट उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री भएका थिए।

नयाँ समीकरण बनेसँगै राप्रपाले सरकार छाड्ने निर्णय गरेको हो।

प्रकाशित: १३ फागुन २०७९ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =